तिमीलाई देखेको पहिलो पलदेखि
मनले तिमीलाई आफ्नो माने
शब्द भन्दा गहिरो त्यो भावाना,
साँझ-बिहान तिमि मै हराएँ
तिमि हान्दा लाग्थ्यो
सारा संसार मुस्कुराई रहेको छ
तिमि रिसाउदा लाग्थ्यो ,
मेरो मनमा एकतर्फी आंधी चलिरहेको छ
मैले तिमीलाई माँया गरेँ
शब्दले भन्न सकिने भन्दा धेरै
तर सायद तिमीले थाहा नपाई ,
टाढा जाने रहर बनायौ कहिल्यै नबुझी
आज तिमि छैनौ
तिमि भएको ठाउं खाली छ
तिमि गएको बाटो हेर्दै ,
मेरो मन अझै उहीं अड्किएको छ
तिमि टाढा हुँदा पनि
सास तिमिसंगै चलेको छ जस्तो लाग्छ
रातभर तिमि सम्झदा ,
निन्द्रा पनि टाढा जान्छ
सायद म नै गलत थिंए
वा समय नै सहि थिएन
तर पनि आज तिमीलाई सम्झदा ,
मेरो मनले त्यो माँया झुट थिएन भन्छ फेरी फेरी