Monday, August 18, 2014

गजल



चाहिदैन तिम्रो माया भो अब चहिन्दैन
खानु कसम खाइसके भो अब खाइन्दैन

तिम्रो खुसि किन्न मैले सारा सपना बेचिसके
आफ्नै छाना चुहिएपछि अरुको छाना छाइन्दैन

कति प्रयत्न गरियो कति कस्ट सहियो
तिम्रो माया पाउने आशमा अब फेरी धाइन्दैन

धेरै दुखाए आफ्नो मुटुलाई आसु पिलाए प्याश मेट्नलाई
मृत आत्माको घाउमा मलहम अब लाइन्दैन

जिउनु मर्नुको दोधारमा छु मृत्युको खुला संसारमा
छटपटी मै खुसि छु प्रिय भो अब दया पनि चाहिन्दैन 

अभाव



जिन्दगीमा धेरै कुरा पाए मैले
तेही जिन्दगीले तिरस्कृत गर्यो अहिले
केहि पाउने आशले केहि गर्ने उद्धेस्यले अघि बढेठे
तर सायद भाग्यले थगेछ अहिले
सम्पन्नताको जिन्दगि नपाएको कहाँ हो
त्यहि सम्पन्नतामा पनि अभाव रहेछ अहिले
शारीरिक रुपमा अपाङ्ग नभएता पनि
मानसिक रुपमा अपाङ्ग भएको छु अहिले
साथ दिन्छु भन्ने आफन्तहरु बाट नै
तिरस्कार अनि अपहेलना पाइरहेछु अहिले
                         
                                नारायण अभाव


Saturday, August 9, 2014

सत्यता



भनौ के अब मेरो राम कहानी
सक्दैनौ होला सुन्न तिमीले ,लाग्ला तिम्लाई कहाली

के सोचेथे जीवनलाई के भयो अहिले
सम्झेको अनि चाहेको बस्तु पाइन अहिले

आशै आशामा कल्पनाको बुइ चढेर जान्थे मा माथि माथि
बालुवाको महलमा जिबन बिताउने सपना नदेख भन्थे साथी

के यहि हो जिबन के यतिकै होलत ?
सधै एकै नास कहाँ होला ! आउला नि हाम्रो पनि दुख पछि सुख एकपल्ट

तर पनि जिबन जानु नै जाने नै
यो स्वासत सत्य हो भनि सबैले यसलाई मान्नै पर्दो रहेछ
                                            नारायण अभाव


                                           

Tuesday, July 8, 2014

जिबन



ओइलिएको  फुलभयो  जिबन  फक्रने  कुनै  भरै  छैन
भत्किएको  महल भयो  जिबन  बन्ने  कुनै  आशै  छैन

अधुरेर  गयो  जिबन  पत्तै  नपाई
छिया  छिया  भयो  मुटु  सत्नै  नपाई

पोलेर  आउछ  यो  छाती  सपना  भै  सताउदा
आखामा  छछल्किंछ  आशु  उनिको  याद आउदा

पोखिएको पानी भयो  जिबन  उठाउने  आशै  भएन
सुकेको  रुख भयो  जिबन  पालुवा  लाग्ने  आशै  छैन