Monday, July 7, 2014

गजल



आज किन तिमिबाट टाढा जाने प्रयास गर्दैछु
थाहा छैन के कारण हुनसक्छ तिमीलाई भुल्न खोज्दैछु

तड्पिएर सधै सधै जल्नु सुक्नु भन्दा
तिम्रो निम्ति अन्जन बनेर तिमीबाट ओझेलिन खोज्दैछु

कति चोट व्यथा खेपे मैले मिलन को आशमा
आफन्तहरु त्यागेर आज पिडामा कहाकाहा रुमल्लिदैछु

आशा सबै निराश भए जिबन मृत्यु बन्यो
यसैले आफै नै चितामा बसी सल्कने प्रयास गर्दैछु

Sunday, July 6, 2014

गजल



तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

टुक्रा टुक्रा भएछ,यो, मन मुटु च्यातिएर
फाटेको यो मनलाई अलिकति सिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

हँसिलो त्यो मुहार तिम्रो चुमिरहुँ,लाग्छ सधैं
साथै सँगै नहुँदामा प्रतिबिम्ब चुमी लिएँ आज
तिम्रो याद भुलाउन, अलिकति पिएँ आज

कसरी भुल्न सक्छु,ति दिनहरु तिमीसँग बिताएका
सँगसँगै जिउने मर्ने कसमहरु सम्झें आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

अचम्म अनि आस्चर्य लाग्छ यो जिन्दगी देखि
नै सबैतिर हारे अन निराश किन,तर पनि
मिलनको आशामा,तिम्रो न्यानो साथको अन्तिम चाहमा आज
अलिकति पिएँ आज

यही सस्तो बहानामा अलिकति जिएँ आज
तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

यथार्थ



साँझको एकान्तमा तिमीलाई सम्झे
अनि फेरी सपनीमा तिमीलाई देखे

खै किन हो तिमीले मलाई बिर्सिन्छु रे
तर तिमीलाई नसम्झेको पल नै हुन्न

मेरो दिनको सुरुवात तिमीलाई गुड मर्निङ्ग भनेर हुन्छ
अनि रातको अन्त्य पनि गुड नाइट भनि

कसरि भुल्न सक्छु तिमीसंग बिताइएका पलहरु
कहाँ जान सक्छु तिम्रो यादबाट भागेर
                        नारायण " अभाब "

नियति



जिन्दगीमा धेरै कुरा पाए मैले
तेही जिन्दगीले तिरस्कृत गर्यो अहिले
केहि पाउने आशले केहि गर्ने उद्धेस्यले अघि बढेठे
तर सायद भाग्यले थगेछ अहिले
सम्पन्नताको जिन्दगि नपाएको कहाँ हो
त्यहि सम्पन्नतामा पनि अभाव रहेछ अहिले
शारीरिक रुपमा अपाङ्ग नभएता पनि
मानसिक रुपमा अपाङ्ग भएको छु अहिले
साथ दिन्छु भन्ने आफन्तहरु बाट नै
तिरस्कार अनि अपहेलना पाइरहेछु अहिले

म अनि उनि



तिमी डुब्न लागेकी घाम हौ
जुन तारा भन्दा पनि राम्री छौ
त्यसैले तिमीलाई हेरी टोलाई रहन्थे
अलि नजिक आउन भनि झन् झनै बोलाई रहन्थे


कहिले काँही तिमीलाई कसैले ढाकि दिन्थ्यो
मेरा नजरबाट लुकाएर कंहि राखी दिन्थ्यो
सोच्नै सक्दिन तिमीबाट एक पल पनि टाढा हुन
किन पुग्दैनन यी दुइ हातहरु तिमीलाई छुन

फेरी भोलि तिमीलाई हेर्न पाउछु कि भनेर
कुरी रहन्थे पल पल गनेर
कहिले कहिँ रुन्थे राखेर छातीमा दुइ हात
भन्दै किन बैरी बन्छस मेरो पापी रात

दुनिंया हास्छन मेरो पागलपन देखेर
यो आत्म कथा राख्नेछु लेखेर
आउनेछु सधै तिम्रो साथमा सास फेर्न
अनि पागल दुनिंया रमाएको हेर्न