Tuesday, August 26, 2014

आत्मकथा


मेरो साथले तिमीलाई पिडा दियो होला
मेरो सामिप्यताले तिमीलाई बिझायो होला
मेरा हरेक जिद्दी गर्ने बानीले तिमीलाई झर्को पनि त लाग्यो होला
मैले साचैनै ति कुराहरुको हेक्का नै राख्नु सकिन किनकि म साचैनै तिमीलाई माया गर्छु गर्थे अनि गरिरहन्छु
िर्सन त सायदै अब सकिएला यो जिबन भरि चाहे जता सुकै जाउ तिम्रो माया अनि यादबाट भागेर
तर अंह सक्दिन साएद मृत्यु बरण पछि नै सम्भब होला ,
तर मृत्यु पछि पनि यदि कुनै तेस्तो ठाउं छ भने त्यहाँ पनि तिम्रो यादले सताउछ होला
किन कि मा तिम्रो याद देखि भाग्न सक्दिन ,यो सत्यता हो
हुन् त तिमीलाई के र तिमि त भुल्न सक्छौ अनि भनि पनि हाल्येउ म प्रयास पनि गर्छु
ठिकै छ जे जस्तो भएनी म जस्तो सुकै हालतमा रहे पनि
चाहे मेरो जिबन मुहारमा सदा सर्बदा दुख पिडा निरासा अनि असफलता नै किन नहोस
तिम्रो त्यो मुहारमा सधै खुसि नै खुसि मात्र ,तिम्रो त्यो ओठमा हाँसो नै हाँसो छाईरहोस
तिम्रो जिबन सदा सर्बदा सफलताले मात्र चुमिरहुन हरेक इछ्या चाहनाहरु पुरा होउन
खुसि हुनु रहनु सधै सधै
" म रोए पनि तिमि हाँसी दिनु, यो झरी जाने जिन्दगि देखि पन्छीदिनु ,
कहिले काँही ति मिलनका यादहरु आएभने ,सपना सम्झी तेस्लाई बिर्सी दिनु
म त येस्तै नै भए ,यसै सस्तो नै भए ,तिमि मुल्याबान बनिदिनु "
feeling alone

आत्मकथा

मलाई तिम्राे हरेक गालि मनपर्छ
मलाई तिम्राे हरेक रिस मनपर्छ
मलाई तिम्राे हरेक हप्की मनपर्छ
किन कि म त्यसमा तिम्राे म प्रतिकाे आत्मियता पाउँछु ,मायाँ पाउँछु अनि विश्वास पाउँछु
सायद हुन सक्छ तिमीलाई मेराे सामिप्यतामा समस्या हाेला
मेराे हरेक कुराहरुले तिमीलाई बिझाउँछ हाेला
यदि तेस्ताे हाे भने कृपया मलाई माफ गरिदिनुस हाेला मेराे कारण तपाईंलाई ....॥॥॥॥

Monday, August 18, 2014

गजल



चाहिदैन तिम्रो माया भो अब चहिन्दैन
खानु कसम खाइसके भो अब खाइन्दैन

तिम्रो खुसि किन्न मैले सारा सपना बेचिसके
आफ्नै छाना चुहिएपछि अरुको छाना छाइन्दैन

कति प्रयत्न गरियो कति कस्ट सहियो
तिम्रो माया पाउने आशमा अब फेरी धाइन्दैन

धेरै दुखाए आफ्नो मुटुलाई आसु पिलाए प्याश मेट्नलाई
मृत आत्माको घाउमा मलहम अब लाइन्दैन

जिउनु मर्नुको दोधारमा छु मृत्युको खुला संसारमा
छटपटी मै खुसि छु प्रिय भो अब दया पनि चाहिन्दैन 

अभाव



जिन्दगीमा धेरै कुरा पाए मैले
तेही जिन्दगीले तिरस्कृत गर्यो अहिले
केहि पाउने आशले केहि गर्ने उद्धेस्यले अघि बढेठे
तर सायद भाग्यले थगेछ अहिले
सम्पन्नताको जिन्दगि नपाएको कहाँ हो
त्यहि सम्पन्नतामा पनि अभाव रहेछ अहिले
शारीरिक रुपमा अपाङ्ग नभएता पनि
मानसिक रुपमा अपाङ्ग भएको छु अहिले
साथ दिन्छु भन्ने आफन्तहरु बाट नै
तिरस्कार अनि अपहेलना पाइरहेछु अहिले
                         
                                नारायण अभाव


Saturday, August 9, 2014

सत्यता



भनौ के अब मेरो राम कहानी
सक्दैनौ होला सुन्न तिमीले ,लाग्ला तिम्लाई कहाली

के सोचेथे जीवनलाई के भयो अहिले
सम्झेको अनि चाहेको बस्तु पाइन अहिले

आशै आशामा कल्पनाको बुइ चढेर जान्थे मा माथि माथि
बालुवाको महलमा जिबन बिताउने सपना नदेख भन्थे साथी

के यहि हो जिबन के यतिकै होलत ?
सधै एकै नास कहाँ होला ! आउला नि हाम्रो पनि दुख पछि सुख एकपल्ट

तर पनि जिबन जानु नै जाने नै
यो स्वासत सत्य हो भनि सबैले यसलाई मान्नै पर्दो रहेछ
                                            नारायण अभाव