Monday, August 18, 2014

गजल



चाहिदैन तिम्रो माया भो अब चहिन्दैन
खानु कसम खाइसके भो अब खाइन्दैन

तिम्रो खुसि किन्न मैले सारा सपना बेचिसके
आफ्नै छाना चुहिएपछि अरुको छाना छाइन्दैन

कति प्रयत्न गरियो कति कस्ट सहियो
तिम्रो माया पाउने आशमा अब फेरी धाइन्दैन

धेरै दुखाए आफ्नो मुटुलाई आसु पिलाए प्याश मेट्नलाई
मृत आत्माको घाउमा मलहम अब लाइन्दैन

जिउनु मर्नुको दोधारमा छु मृत्युको खुला संसारमा
छटपटी मै खुसि छु प्रिय भो अब दया पनि चाहिन्दैन 

No comments:

Post a Comment