Tuesday, July 8, 2014

जिबन



ओइलिएको  फुलभयो  जिबन  फक्रने  कुनै  भरै  छैन
भत्किएको  महल भयो  जिबन  बन्ने  कुनै  आशै  छैन

अधुरेर  गयो  जिबन  पत्तै  नपाई
छिया  छिया  भयो  मुटु  सत्नै  नपाई

पोलेर  आउछ  यो  छाती  सपना  भै  सताउदा
आखामा  छछल्किंछ  आशु  उनिको  याद आउदा

पोखिएको पानी भयो  जिबन  उठाउने  आशै  भएन
सुकेको  रुख भयो  जिबन  पालुवा  लाग्ने  आशै  छैन

Monday, July 7, 2014

गजल



आज किन तिमिबाट टाढा जाने प्रयास गर्दैछु
थाहा छैन के कारण हुनसक्छ तिमीलाई भुल्न खोज्दैछु

तड्पिएर सधै सधै जल्नु सुक्नु भन्दा
तिम्रो निम्ति अन्जन बनेर तिमीबाट ओझेलिन खोज्दैछु

कति चोट व्यथा खेपे मैले मिलन को आशमा
आफन्तहरु त्यागेर आज पिडामा कहाकाहा रुमल्लिदैछु

आशा सबै निराश भए जिबन मृत्यु बन्यो
यसैले आफै नै चितामा बसी सल्कने प्रयास गर्दैछु

Sunday, July 6, 2014

गजल



तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

टुक्रा टुक्रा भएछ,यो, मन मुटु च्यातिएर
फाटेको यो मनलाई अलिकति सिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

हँसिलो त्यो मुहार तिम्रो चुमिरहुँ,लाग्छ सधैं
साथै सँगै नहुँदामा प्रतिबिम्ब चुमी लिएँ आज
तिम्रो याद भुलाउन, अलिकति पिएँ आज

कसरी भुल्न सक्छु,ति दिनहरु तिमीसँग बिताएका
सँगसँगै जिउने मर्ने कसमहरु सम्झें आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

अचम्म अनि आस्चर्य लाग्छ यो जिन्दगी देखि
नै सबैतिर हारे अन निराश किन,तर पनि
मिलनको आशामा,तिम्रो न्यानो साथको अन्तिम चाहमा आज
अलिकति पिएँ आज

यही सस्तो बहानामा अलिकति जिएँ आज
तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

यथार्थ



साँझको एकान्तमा तिमीलाई सम्झे
अनि फेरी सपनीमा तिमीलाई देखे

खै किन हो तिमीले मलाई बिर्सिन्छु रे
तर तिमीलाई नसम्झेको पल नै हुन्न

मेरो दिनको सुरुवात तिमीलाई गुड मर्निङ्ग भनेर हुन्छ
अनि रातको अन्त्य पनि गुड नाइट भनि

कसरि भुल्न सक्छु तिमीसंग बिताइएका पलहरु
कहाँ जान सक्छु तिम्रो यादबाट भागेर
                        नारायण " अभाब "