Sunday, July 6, 2014

गजल



तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

टुक्रा टुक्रा भएछ,यो, मन मुटु च्यातिएर
फाटेको यो मनलाई अलिकति सिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

हँसिलो त्यो मुहार तिम्रो चुमिरहुँ,लाग्छ सधैं
साथै सँगै नहुँदामा प्रतिबिम्ब चुमी लिएँ आज
तिम्रो याद भुलाउन, अलिकति पिएँ आज

कसरी भुल्न सक्छु,ति दिनहरु तिमीसँग बिताएका
सँगसँगै जिउने मर्ने कसमहरु सम्झें आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

अचम्म अनि आस्चर्य लाग्छ यो जिन्दगी देखि
नै सबैतिर हारे अन निराश किन,तर पनि
मिलनको आशामा,तिम्रो न्यानो साथको अन्तिम चाहमा आज
अलिकति पिएँ आज

यही सस्तो बहानामा अलिकति जिएँ आज
तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति जिएँ आज

No comments:

Post a Comment