Sunday, July 6, 2014

म अनि उनि



तिमी डुब्न लागेकी घाम हौ
जुन तारा भन्दा पनि राम्री छौ
त्यसैले तिमीलाई हेरी टोलाई रहन्थे
अलि नजिक आउन भनि झन् झनै बोलाई रहन्थे


कहिले काँही तिमीलाई कसैले ढाकि दिन्थ्यो
मेरा नजरबाट लुकाएर कंहि राखी दिन्थ्यो
सोच्नै सक्दिन तिमीबाट एक पल पनि टाढा हुन
किन पुग्दैनन यी दुइ हातहरु तिमीलाई छुन

फेरी भोलि तिमीलाई हेर्न पाउछु कि भनेर
कुरी रहन्थे पल पल गनेर
कहिले कहिँ रुन्थे राखेर छातीमा दुइ हात
भन्दै किन बैरी बन्छस मेरो पापी रात

दुनिंया हास्छन मेरो पागलपन देखेर
यो आत्म कथा राख्नेछु लेखेर
आउनेछु सधै तिम्रो साथमा सास फेर्न
अनि पागल दुनिंया रमाएको हेर्न

No comments:

Post a Comment